झापामा निषेधाज्ञा केही खुकुलो, निजी सवारीमा जोर बिजोर

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असार, मेचीनगर : झापामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याइएको छ ।

आज राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञालाई स्वरुप परिवर्तन गर्दै असार २१ गते राति १२ बजेसम्म कायम गर्ने निर्णय भएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा अत्यावश्यक काम वाहेक हिँडडुलमा लगाइएको प्रतिवन्ध कायमै रहेको जनाइएको छ ।

हाट बजार, मेला, जात्रा, महोत्सव, पाटी, भोज लगायत भिड भाडहुने कार्यक्रम नगर्न भनिएको छ ।

पसल सञ्चालनको हकमा अत्यावश्यक सेवाका वाहेकका अन्य पसलहरु विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने उल्लेख छ ।

सवारीसाधन सञ्चालन सम्बन्धमा अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका निजी सवारीसाधन, सिटी/सफारी, अटो रिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका मात्र झापा जिल्ला भर सञ्चालन गर्न दिने आदेश गरिएको छ ।

होटल तथा रेष्टुरेन्टहरुले भने टेकअवे सेवा मात्र सञ्चालन गर्न पाउँने छन् ।

मलखाद तथा बिउ विजन, कुखुराका चल्ला, दाना, पशुपंक्षीका आहारलगायतका कृषि सम्बन्धि पसल विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सञ्चालन गर्न दिने उल्लेख छ ।

सरकारी, सार्वजनिक संस्थान, बिमालगायतका कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भीडभाड नगराइ आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्ने भनिएको छ ।

झापामा पूर्ण निषेधाज्ञा जारी भएयता सातौं पटक निषेधाज्ञाको आदेश थप गरिएको हो ।

जिल्लाको आंशिक निषेधाज्ञालाई गएको वैशाख १७ गतेबाट परिमार्जन गर्दै प्रमुख जिल्ला अधिकारीबाट झापामा हिँडड्लमा पूर्ण प्रतिबन्धसहितको लकडाउन गरिएको थियो ।

कोरोना संक्रमण जोखिमको अवस्थालाई हेरेर पछिल्ला दिनहरुमा निषेधाज्ञालाई खुकुलो पारिदै लगिएको छ ।

हेर्नुहोस् आदेश :

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.