काठमाडौँ । कुवेतमा दुई जना नेपालीले आत्महत्या गरेका छन् । कुवेतमा कार्यरत नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पाले आत्माहत्या गरेका हुन् ।
आपसी झगडाका कारण आत्माहत्या गरेको बताईएको छ । घिमिरे त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए भने शेर्पा कुवेतीको घरमा घरेलु कामदार थिइन ।
उनीहरूले नेपालमा गएर बिहे गर्ने योजना बनाएका थिए । तर विगत केही समयदेखि मनमुटाप भएपछि उनीहरूबीच विवाद हुँदै आएको थियो ।
घिमिरे फर्वानियास्थित आफ्नै कोठामा डोरीले पासो लगाएर आत्महत्या गरे भने त्यो लगतै उनकी प्रेमिका शेर्पाले पनि उनीले काम गर्ने मालिकको घरमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको बताइएको छ ।
उनीहरूले जुन २५ तारिखमा आत्महत्या गरेको कुवेत प्रहरीले जनाएको ।