मेची अभियानको हिसाब किताब सार्वजनिक : कोरोना महामारीमा अभियान मार्फत एक करोडको सहयोग

A notice in Nepali from Mechinagar Ward No. 10

३१ असार, काँकरभिट्टा : झापाको मेची अभियान मार्फत सञ्चालन गरिएको विभिन्न सहयोग अभियानको हिसाब आज सार्वजनिक गरिएको छ ।

कोरोनाको दोस्रो लहरको समयमा मेची अभियानले सञ्चालन गरेको सहयोग कार्यक्रमको असार मसान्तसम्मको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरिएको अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो ।

बिहिबार अपरान्ह काँकरभिट्टामा अभियानका सदस्यहरु र मेचीनगरका नगर प्रमुखको विशेष उपस्थितिमा अभियानका तर्फबाट संयोजक डालमियाले आय–व्य सार्वजनिक गर्नु भएको थियो । कोरोनाको दोस्रो लहरमा मात्रै अभियानका तर्फबाट करीब एक करोड रकम बराबरको विभिन्न सहयोग उपलब्ध गराइएको संयोजक डालमियाले प्रस्तुत गर्नु भएको विवरणमा उल्लेख गरिएको छ ।

संयोजक डालमियाका अनुसार स्वास्थ्य सामग्री वितरणमा ५ लाख २ हजार १२०, खाद्यान्न वितरणमा १ लाख ३२ हजार ३७५, औषधी तथा उपचारका लागि ७ लाख ५ हजार ४०० खर्च भएको छ । त्यस्तै आइशोलेशनमा खाना तथा अन्य सामग्री सहयोगमा ४० हजार खर्च भएको अभियानले जनाएको छ । अभियानको समन्वयमा गैरआवासीय अन्तराष्ट्रीय नेपाली संघ मार्फत २० वटा र करुणा फाउण्डेशन मार्फत ५ वटा गरी जम्मा २५ वटा अक्सिजन कन्सट्रेटर उपलब्ध गराई विभिन्न जिल्लामा अभियानको तर्फबाट वितरण गरिएको उक्त अक्सिजन कन्सट्रेटरको मुल्य ७५ लाख रहेको अभियानले विवरणमा उल्लेख भएको छ । त्यस्तै अभियान सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संघ संस्था, उद्योग लगायतबाट नगद रु. ३ लाख २७ हजार ६६६ संकलन भएको अभियानले जनाएको छ । त्यस्तै करिब ६ लाख बढीको औषधीजन्य तथा उपचार सहयोग जुटेको संयोजक डालमियाले बताउनु भयो ।

अभियानका सदस्यहरु बिच आगामी दिनमा मेची अभियानलाई कसरी अगाडी बढाउने विषयमा समेत आजको बैठकमा छलफल भएको अभियानका सदस्य प्रकाश भण्डारीले बताउनु भयो । अभियानलाई एउटा सामाजिक संस्थाको रुपमा विकास गर्नु पर्ने धारणा समेत बैठकमा आएको सदस्य शुशिल आचार्यले जानकारी दिनु भयो । मानवीय सहयोगमा काम गर्ने संस्थालाई पारदर्शी ढंगले अगाडी बढाउदै संकटका बेला जनताको बलियो साथीको रुपमा मेची अभियानलाई सञ्चालन गर्नु पर्ने अभियानका सदस्य राजु पोखरेलले बताउनु भयो ।

मेचीनगरका नगरप्रमुख बिमल आचार्यले मेची अभियानलाई विपद्मा काम गर्ने स्थायी संस्थाको रुपमा दर्ता गरेर अगाडी बढ्न सुझाव दिनु भएको अभियानकर्ताहरुले जानकारी दिनु भयो । संस्थागत रुपमा अगाडी बढाउने विषयलाई थप छलफल गरेर अघि बढ्नु पर्ने अभियानका सदस्य ओमप्रकाश खापुङले बताउनु भयो । छलफल कार्यक्रममा अभियानकर्मीहरु दिलिप सुवेदी, पुष्पराज पौडेल, तेजप्रसाद चम्लागाई, किरण नेपाल लगायतको उपस्थीती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.