दार्चुला घटनालाई लिएर पूर्वीनाकामा विरोध प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

१६ साउन, मेचीनगर : दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै शनिबार झापाको मेचीनगरमा विरोध प्रदर्शन भएको छ ।

शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको समाचार बाहिर आएको छ ।


नेपाल कम्यूनिष्ट पार्टी झापाले र्याली सहित कोण सभा आयोजना गरे र घटनाको विरोध गदैं सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अपरान्ह काँकरभिट्टा बसपार्कबाट एकिकृत जनक्रान्ति जिन्दवाद, भारतीय सम्राज्वाद मुर्दावाद, सीमामा भारतीय ज्याँदती बन्द गर, नेपाल र नेपाली माथिको हत्या हिँसा बन्दगर जस्ता चर्का नारावाजी गर्दै शुरु भएको र्यालीले बाहुनडाँगी रोड, भट्टराई चोक, गुराँस पथलगायत मुख्यः भागको परिक्रमा गरी पञ्चमुखी हनुमान मन्दिर परिसरमा आइपुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने पार्टीका नेताहरुले अहिलेको संसदीय व्यवस्था खारेज गरेर बैज्ञानिक व्यवस्था स्थापना गर्न माग गरेका थिए । सीमा क्षेत्रमा समय समयमा भारतीय सुरक्षा निकायहरुबाट भइरहने ज्यादतीबाट नेपाली नागरिकहरुको अनाहकमा ज्यान जानेसम्मका घटनाहरु दोहोरि रहनुले छिमेकी देशको हेपाहा प्रवृत्तिलाई उजागर गरेको भन्दैं वक्ताहरुले यस्ता किसिमका घटनाहरु फेरि नदोहोरिने वातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए ।


भारतीय सुरक्षा निकायले तुइन चुडाएका कारण महाकालीमा भएको उक्त घटनाका सम्बन्धित परिवारलाई उचित न्याय दिन तथा भविष्यमा कुनै नेपालीको यस्ता घटनाका कारण ज्यान जाने अवस्था नआउने सुनिश्चिता गर्न पार्टीले सरकारसँग माग गरेको छ । यस प्रकारको अमानवीय र हेपाहा प्रवृत्तिको अन्त्य गर्न घटनाका दोषीलाई कडा भन्दा कडा सजाय दिलाउन समेत पार्टीले माग गरेको छ । कोणसभालाई पार्टीका नेताहरु सञ्जय राई र प्रशान्तले सम्बोधन गर्नुभएको थियो ।

त्यसै गरी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गर्नुभएको छ । शनिबार अखिल फोर्सको कार्यक्रममा उनले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

‘यस्तो लापरबाही गर्ने जोसुकै होस्, त्यस्तालाई दण्डित गर्ने काममा भारतको ध्यानाकर्षण गराउन चाहन्छु’ उहाँले भन्नुभयो, ‘नेपाल सरकारले पनि यो विषय उठाउनका लागि म ध्यानाकर्षण गराउछु ।’


यता भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी निकालिदिँदा एक नेपाली नागरिक नदीमा खसेको घटनाबारे छानविन गर्न सरकारले समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गनुृभएको हो । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् ।
गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.