१ हजार ९२५ जना संक्रमण मुक्त

३ हजार १२५ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

← Back

Thank you for your response. ✨

, मेचीनगर :   पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २७९ संक्रमण देखिएको छ भने ३ हजार १९८ जनाको एन्टिजेन परीक्षण गर्दा ८४६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १३ हजार  ८११ जनाको कोरोना परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३१ हजार ६२९ रहेकाे छ । त्यस्तै कोरोना संक्रमणबाट  २३ जनाको मृत्यु भएको छ ।

यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ९९ हजार ६४९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ६२ हजार ७८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ५८ हजार १२२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.