भदौ २३ पछि अहिलेको कार्यसमितिको वैधानिकता सकिन्छ : पौडेल

A notice in Nepali from Mechinagar Ward No. 10

२१ साउन, काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता सकिने दाबी गरेका छन् ।

उनले संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले भदौ २३ पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता नरहने बताएका हुन्।

बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीवारीमा पौडेल समूहका शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलपछि पत्रकारहरुसँग नेता पौडेलले पार्टी वैधानिकता जोगाउन विशेष महाविधेशनको प्रस्ताव गरिएको बताए ।

‘अझै पनि समय छ, प्रक्रिया पुर्‍याएर महाधिवेशन गर्न समय नभएपनि वैधानिकता जोगाउन विशेष अधिवेशन गर्न सकिन्छ भनेर हामीले प्रस्ताव गरेका हौं,’ उनले भने, ‘यहि नै अन्तिम विकल्प हो भन्ने होइन ।’

छलफलमा नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी थिए ।

कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्योलमा परेको छ । भदौ १६–१९ सम्म गर्नुपर्ने केन्द्रीय महाधिवेशन क्रियाशील सदस्यताका कारण अनिश्चित भएको हो ।

साभार : अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.