एसईई पास गरेकाहरुका लागि नेपाल टेलिकमको आकर्षक अफर

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । नेपाल टेलिकमले भर्खरै एसईई पास गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै एसईई अफर सार्वजनिक गरेको छ ।

कम्पनीले निःशुल्क डेटा, भ्वाइस र एसएमएस सहितको सुविधा सहितको आकर्षक अफर ल्याएको हो ।

कम्पनीका अनुसार यसका लागि निःशुल्क नयाँ सिमसँगै पुरानो सिममा समेत यो अफर उपलब्ध हुनेछ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी डेटा (कुल ३० जीबी) , १० मिनेट कल (टेलिकम–टेलिकम कुरा गर्न कुल ३०० मिनेट) र १० एसएमएस (कुल ३०० एसएमएस) प्राप्त हुनेछ ।

यसका साथै विद्यार्थीहरूले ५० रुपैयाँ भन्दा माथिको प्रत्येक रिचार्जमा छ महिनासम्म बोनसको रुपमा ५०० एमबी डेटा, ५० मिनेट भ्वाइस कल र ५० एसएमएस उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस्तो बोनस तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

यो अफर सहितको नयाँ सिम लिनको लागि कक्षा १० को कुनै पनि मार्कशिट, फोटो र आफ्नो अथवा अभिभावकको परिचयपत्र लिई नजिकैको नेपाल टेलिकमको कार्यालयमा जानुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.