सयपत्री फूलको आयात पुर्वीनाकाबाटमात्र १३ दशमलव ५७ प्रतिशतले बढ्यो

झापामा कति हेक्टर जमिनमा फूल खेती लगाईको छ कृषि ज्ञान केन्द्र झापा बेखबर

A notice in Nepali from Mechinagar Ward No. 10

२२ भदौ मेचीनगर : पूर्वी काँकरभिट्टाका नाकाबाट अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सयपत्री फूलको आयात १३ दशमलव ५७ प्रतिशतले वृद्घि भएको छ । नेपालमा फूलको माग बढेसँगै आयातमा समेत वृद्धि भएको सम्बन्धित अधिकारीहरुको भनाई छ ।

फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था छ । नेपालमा चाहेजति व्यवसायिक फूल खेती नहुँदा हरेक वर्ष लाखौं स्वदेशी मुद्रा बाहिर जाने गरेको छ । नेपालको पूर्वी काँकरभिट्टा नाकाबाट मात्र सयपत्री फूलका लागि वर्षेनी लाखौं रुपैयाँ विदेशिने गरेको सरकारी तथ्याङ्क छ । सयपत्री फूल भारतबाट आयात हुने गरेको छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाका कार्यालय प्र्रमुख देविन्द्र साहुका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा पूर्वी काँकरभिट्टा नाकाबाट मात्र ४१ लाख २८ हजार रुपैयाँ मुल्य बराबरको ४३ मेट्रिक टन सयपत्री फूल आयात भएको छ । जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आयात १३ दशमलव ५७ प्रतिशतले वृद्घि भएको हो । आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ९६ हजार रुपैयाँ मुल्य बराबरको १६ मेट्रिक टन सयपत्री फूल आयात भएको सरकारी अभिलेख छ । पूर्वी काँकरभिट्टानाका भएर अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख ६० हजार रुपैयाँ मुल्य बराबरको १० मेट्रिक टन सयपत्री फूल आयात भएको थियो ।

झापाको मेचीनगर, विर्तामोड, अर्जुनधारा दमक लगायतका केही पालकिाहरुमा थोरै मात्रामा व्यवसायिक सयपत्री फूलको खेती हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । झापामा कति हेक्टर जमिनमा फूल खेती लगाईको छ त्यो बारेमा कृषि ज्ञान केन्द्र झापा बेखबर छ । ‘केन्द्रमा यसको आधिकारिक तथ्याङ्क नै छैन’ केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले भन्नुभयो—‘यो सानो सानो तथ्याङ्क केन्द्रले राख्दैन कहीँ कतैबाट सुझाव आए राख्ने व्यवस्था मिलाउने छौ ।’

पुष्पगुच्छा बनाइने र विशेषगरि सजावटमा प्रयोग गरिने खालका फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको डेढदशक अघिदेखि फूलको व्यवसाय सञ्चालन गदैं आउनुभएका व्यवसायी रामदर्शन थापाको भनाई छ ।

बिक्रीका लागि फूलको बजार प्रशस्त त भए पनि उत्पादन पर्याप्त नभएको उहाँको भनाई छ । सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगे पनि फूलको उत्पादन खासै सन्तोषजनक नरहेको व्यवसायीहरु बताउँछन् । नेपालमा २०११ सालदेखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा पुष्प खेती शुरु भएको फूल व्यवसाय आ.व. २०७४/०७५ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भइसकेको बताइएको छ । करीब ६ सय ९७ फूल व्यवसायी सक्रिय छन् भने ४३ हजार ५ सय व्यक्ति यस व्यवसायमा आश्रित छन् ।

फूल बिक्रीबाट जीवन चलाउन मात्र होइन मनग्यै आम्दानी लिन सकिन्छ भन्ने धारणाको विकास किसानमा नभएसम्म फूलको आयात प्रतिस्थापन हुन नसक्ने सरकारी अधिकारीहरुको भनाई छ । नेपालमा पुष्पखेती १ सय ५५ हेक्टर क्षेत्रफलमा गरिएको छ । जुन कूल खेतीयोग्य जमीनको ०.००५० प्रतिशत हो । हाल नेपालमा ३० लाख ९१ हजार हेक्टर खेती योग्य जमिन रहेको छ । खेती गर्न हुने बाँझो जमीनको क्षेत्रफल भने १० लाख ३० हजार हेक्टर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.