मुख्यमन्त्री राईलाई विश्वासको मत, पक्षमा पर्‍यो ५०

A notice in Nepali from Mechinagar Ward No. 10

१ मंसिर, विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ। बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा राईको पक्षमा ५०  मत प्राप्त भएको हो।   त्यस्तै उनको विपक्षमा २९ मत परेको छ। त्यस्तै दुवै पक्षमा मत दिन्नँ अर्थात् तटस्थमा शून्य मत परेको थियो। मतदानमा ७९ सदस्यहरू सहभागी भएका थिए।

कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहेको भए पनि नेपाल बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो।

९२ सदस्यीय प्रदेशसभामा एमालेका  ४१ सांसद छन्। जसमध्ये १ जना सभामुख छन् भने एकजना फरार छन्।

त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एकजना सांसद छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.