Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

‘झुठो अभियोग र लाञ्छना सहन्छु भन्ने नसोचे हुन्छ, उचित जवाफ दिन्छु’

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 19, 2020
  • 4:54 PM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय
193 2
A A
Share on FacebookShare on Twitter

मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौँ ।

एक दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुरा जस्तो कि बैठकको एजेन्डाका रुपमा होइन, पत्राचारका रुपमा पाँच जना साथीले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ । ती आरोप अनुत्तरित हुन पनि सक्दैनथे ।

मैले त्यसको जवाफ किन दिनुपर्यो ? वास्तवमा ती आरोप सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनका बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो । त्यसकारण मैले व्यक्तिगत तवरमा नै अगुवाइ उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखेँ । त्यस पत्रको जानकारी बोधार्थका रुपमा पत्र बुझाउन आउने साथीहरुलाई त दिएँ नै, अरु साथीलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा अर्को सात पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वाभाविक रुपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ ।

त्यस बाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरु सदस्यलाई पनि बाँड्नुभयो । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो ।

अरु साथीलाई पनि वितरण गर्नुभयो तर त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्मत प्रस्ताव भन्न मिल्दैन । त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ । त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारबाजी गरियो । यसो गर्नु उचित भयो कि भएन रु केही मतलबको कुरा भएन । अखबारबाजी गर्नसमेत त्यसो गरिएको थियो र त्यसमा केही साथीको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ ।

मैले अस्ति दुई कमरेडलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ । यसको छिनोफानो नभइकन, यी आरोपसहित, यी आरोप बोकी कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोप या त त्यसबाट बदर हुनुपर्यो तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुपर्यो र ती पद र ती जिम्मेवारीबाट हट्नुपर्यो । यो हटाउने माग त पहिलेदेखि आएकै थियो । यसपटक हट्ने आधार यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ ।

पहिले जस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन, त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ । त्याग भन्ने शब्द त्यहाँ राखिएको छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ । यो आरोप या त सदर ठहरिनुपर्यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्यो । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्यो, यसको जवाफदेही लिनुपर्यो ।

बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्पमत छ, के छ, कसको कस्तो छ भन्ने कुरा खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन । अब यसमा जानुपर्ने हुन्छ । यसको मैले जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्न मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।

अर्को कुरा मैले भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुई वटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? सङ्गठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ ।

अर्को कुरा के हो भने अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीको त त्यसैले अन्त्यको घोषणा गर्यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔँ, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई ऐक्यबद्ध राख्न सकियोस्।

म के भन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन, जालझेल र तिक्डम गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुरामा पछि छलफल गरौंँला । आज म त्यो लाञ्छना पत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबै खारेज गर्छु । यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई म पूर्ण रुपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रुपमा नै प्रस्तुत गर्नेछु ।

मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुर्यायो भनेर माधव कमरेडलाई भनेँ । उहाँले अँ धम्क्याउने रु धम्क्याएर कोही डराउँदैन भन्नुभयो । अब डराउने खालको त यहाँ कोही छ जस्तो लाग्दैन । माधव कमरेड मात्रै नडराउने होइनन्, अरु पनि कोही डराउलान् जस्तो लाग्दैन । कोही पनि डराउँदैनन् । यस्तै राजनीति गरेर आएका मान्छे कोही डराउलान् जस्तो लाग्दैन । सबै सुरैसुरा हुँदा सुरै चाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन ? फेरि पनि विचार गर्न मेरो आग्रह छ । अहिले अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनुपर्छ त्यसो नगरिकन अगाडि जान सकिँदैन ।

यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफ पत्र पनि तयार भइसकेको छैन । मैले त्यो पत्र मसिनो गरी हेर्नुपर्ने आवश्यकता छ । यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्क्याएको होइन । यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छना जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु ।

यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरु कसैको पनि थिएन । कहिल्यै कसैले यस्ता आरोप लगाएको यस ढङ्गले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइन । त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोप लगाइएका छन् र जुन लाञ्छना लगाइएका छन्, ती हल्का ढङ्गले लगाइएका रुपमा मैले लिएको छैन ।

यो अवश्य नै अत्यन्त गम्भीरपूर्वक लगाइएको छ । राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु । लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु । ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन । त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीले कुन बाटोबाट जाने च्वाइस गर्नुस् ।

अँ, त्यस्ता झुठा र निकृष्ट लाञ्छना मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थ आज बैठक अगाडि बढ्न सक्ने देख्दिन । म त्यसमा बहस गर्न अहिले तयार छैन किनभने मेरो तयारी नै पुगेको छैन, बुँदा पुगेका छैनन् भन्ने कुरा त भनिसकेको छु । त्यसमा फेरि थप के भन्नु छ र ? त्यसमा अरुको पानी चित्र त देखेको छु नि ! त्यसमा त यसो हेर्दा पानी चित्र त आउँछ नि ! मैले कुरा गरेको छु र सबै सुनेको छु नि ! अहिलेलाई यत्ति नै । धन्यवाद ।

Share36Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कोशी प्रदेश

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

March 29, 2023
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

March 29, 2023
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने
कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

March 29, 2023
एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल चैत्र १५ गते बुधबार)

March 29, 2023
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कानून / अपराध

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

March 28, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

नेपाल रग्बीलाई विश्व रग्बीको सदस्यता

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In