कोरोना संक्रमणदर १२ प्रतिशत नाघ्यो, १४४६ संक्रमित थपिए

A notice in Nepali from Mechinagar Ward No. 10

२६ पौंष, मेचीनगर : पछिल्लो २४ घण्टामा २५५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १४४६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जनामा संक्रमण देखिएको छ भने २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा १४४६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज २ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ३३ हजार ९४६ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९७ हजार ५०४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख १४ हजार ४८५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.