चिया मजदुरलाई सुधारिएको चुल्हो वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

१६ माघ, मेचीनगर : मेचीनगर -८ का चिया बगानमा कार्यरत मजदुरहरुलाई सुधारिएको चुल्हो वितरण गरिएको छ । मेचीनगर नगरपालिकाको समन्वयमा वातावरण संरक्षण केन्द्रले नगरपालिकाको समन्वयमा चिया बगानमा कार्यरत अतिविपन्न परिवार छनौट गरी एक–एक थान सुधारिएको चुल्हो वितरण गरेको हो ।

नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उपे्रती, मेचीनगर -८ का वडाध्यक्ष विकेन्द्र धिमाल,वातावरण संरक्षण केन्द्रका कार्यक्रम व्यवस्थापक फिरोज चौधरी र जिल्ला संयोजक रामप्रवेश साहले चुल्हो वितरण गर्नुभएको थियो । नगरप्रमुख आचार्यले चुल्हो पाएका परिवारलाई थन्काएर नराखी प्राविधिकको सल्लाह अनुसार नियमित प्रयोग गर्न आग्रह गर्नभयो ।

दाउराको खपत कम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले परीक्षण स्वरुप पहिलो चरणमा एकसयभन्दा बढी परिवारलाई सुधारिएको चुल्हो वितरण गरिएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

नगरपालिकाले एकहजार ५ सय बढी चुल्हो केन्द्रसँग माग गरेको छ । केहीदिनमा नगरपालिकाको १५ वटै वडाबाट अतिविपन्न र चिया बगानमा कार्यरत मजदुरहरुको परिवार छनौट गरी एक–एक थान सुधारिएको चुल्हो वितरण गरिने योजना रहेको छ । अहिले वितरण गरिएको चुल्होको सही सदुपयोग भए आगामी दिनमा अरुलाई पनि चुल्हो वितरण गरिने नगर उपप्रमख उप्रेतीले बताउनभयो ।

विज्ञले सुधारिएको चुल्हो नियमित प्रयोग गरे दाउरा कम लाग्नुका साथै वातावरण संरक्षणमा टेवा पुग्ने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.