Sunday, May 9, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारजमुनाहपछि गौरमा खुल्यो सीमानाका

जमुनाहपछि गौरमा खुल्यो सीमानाका

त्यसैगरी लामो समयदेखि नेपाल–भारत सीमाना बन्दले तराई मधेशको समाजमा प्रतिकूल प्रभाव परिरहेकोले अबिलम्ब खुलाउन प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले माग गरेका छन ।सप्तरीमा समाजसेवी डिभिजनल इन्जिनियर मिश्रीलाल तथा लाखोदेवी साहको ११ स्मृति समारोहलाई सम्बोधन गर्दै उनले तराई मधेशका निकट छिमेकी भारतसँग खुल्ला आवतजावत बन्द भएका कारण तस्करी, महँगी बढेको बताए । चोर बाटो प्रयोग गरेर भारत छिरेर तस्करी भइरहेको जानकारी आएको मन्त्री साहले नेपाल–भारतसँग रोटीबेटीको सम्बन्ध रहेको बताउँदै उहाँले यस अवधिमा वारिपारीको पारिवारिक सम्बन्ध, सामाजिकिकरण, समेत बन्द भएकोले अविलम्ब सीमानाका खुलाउन संघीय सरकारसँग माग गरे ।


यता केहीदिनघि झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं मेचीनगरमा विभिन्न व्यवसायीहरुले मौन जुलुस प्रदर्शन गरेका थिए ।
जुलुसमा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल फेवा, सुन चाँदी व्यवसायी संघका अध्यक्ष राजेश गहतराजलगायत अन्य व्यवसायमा सम्बद्घ व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु