Sunday, May 9, 2021
- बिज्ञापन -
गृह धर्म / संस्कृतिपाथीभरा दर्शन गर्न गएकी एक तीर्थयात्रीको मृत्यु

पाथीभरा दर्शन गर्न गएकी एक तीर्थयात्रीको मृत्यु

प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङमा रहेको पाथीभरा माताको दर्शन गर्न आएकी एक महिला तीर्थयात्रीको आज मृत्यु भएको छ । विराटनगर महानगरपालिका –६ निवासी सावित्री खड्का चापागाईंको बेहोश भई निधन भएको हो ।

मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले स्टे«चरमा उहाँलाई बोकेर काफ्लेपाटीसम्म ल्याएको र त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका उपचार सम्भव नभए पश्चात जिल्ला अस्पताल लगिएको थियो ।

त्यहा पुगेपछि उनलाई पहिले नै मृत्यु भइसकेको चिकित्सकले मृत घोषणा गरेका थिए

तीस वर्षीया सावित्रा श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जनासँगै दर्शनका लागि पाथीभरा गएका थिए ।

अत्यधिक चिसो भएकाले अक्सिजनसहित अस्पताल ल्याइए पनि बचाउन नसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनको चिसोका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाइएको छ ।

यो पनि जानौँ

के तपाईँ यसपटक ताप्लेजुङ्गको प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने तयारीमा हुनुहुन्छ ? अनि तपाईँलाई त्यहाँ जाँदा लेक लाग्न सक्नेसम्भावना बारे कत्तिको थाह छ ? छैन भने थाह पाई राख्नु । किनकी पाथीभरा दर्शन गर्न जाँदा जोडिने अर्को पाटो हो लेक लाग्ने : स्वास्थ्य समस्या ।

३ हजार ७९४ मिटरको उचाईँमा रहेको धार्मिक तथा पर्यटकीय गन्तब्य पाथीभरा माताको दर्शन गर्न हरेक वर्ष दशौँ हजार बढी पर्यटक आउने गर्छन् ।

र हरेक बर्ष कतिपयको ज्यान जाने गरेको छ भने कतिपय सिकिस्त विरामी भएर हेलिकप्टरबाट उद्धार गरिएका पनि छन् । ज्यान जाने र बिरामी हुने दुबैको कारण लेक लाग्ने समस्या हो ।

लेक लाग्ने समस्या के हो ?

धेरै उचाईँमा जाँदा हुने एक किसिमको स्वास्थ्य समस्या । धैरै उचाईँमा जाँदा अक्सिजनको कमी हुने भएकोले यस्तो समस्या जुन सुकै व्यक्तिलाई देखिन सक्छ । प्राय २५००/ ३००० मिटर भन्दा माथिको उचाईमा पुग्दै गर्दा यस्तो समस्या देखिन सक्छ ।

लेक लाग्दा के हुन्छ ?

टाउको दुख्ने, बान्ता हुने, धेरै थकान हुने, रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने, निद्रा पर्न समस्या हुने जस्ता लक्षण देखिनु लेक लागेको संकेत हुन सक्छ।यस्तो कुनै लक्षण देखा परेमा बाँकी उचाई चढ्ने प्रयास नगरी एक जना साथीसंग कम उपचाई तर्फ झर्नु उत्तम हुन्छ ।

कतिपय जबर्जस्ति माथि  जाने गरेको पाइन्छ तर त्यसो गर्दा पनि यो समस्याको जोखिम उतिकै वा झनै बढी हुन सक्छ।

यस्ता लक्षणलाई बेवास्ता गरी माथि उचाई चड्दा समस्या जटिल हुने र मस्तिस्क अनि फोक्सोलाई असर गरेर ज्यानै जानेसम्मको खतरा हुन्छ ।

लेक लाग्ने समस्याबाट जोगिन निम्न उपाय गर्न सकिन्छ

१. बिस्तारै उचाई चढ्ने ( दिनमा ३०० देखि ५०० मीटर सम्म मात्र)।

२. प्रसस्त पानी पिउने,

३. धेरै शारीरिक थकान बाट जोगिने,

४. स्वास्थ्यकर्मीको सल्लाह लिएर एसिटाजोलअमाईड औषधिको प्रयोग गर्ने

५. लेक लाग्ने लक्षण देखिएमा साथीसहित कम उचाइमा झर्ने

अत : अरुको देखासिकी गर्न पूर्वतयारीविना उचाईमा जाने असुरक्षित यात्रा नगरौं। लेक लाग्ने समस्या बारे जानकार भएर मात्र जाऔं र लेकमा यात्रा गर्न जानेहरुलाई पनि जानकारी दिऔं।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु