राज्यले सुनचाँदी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड : व्यवसायीले व्यवसायलाई मर्यादित बनाउनुपर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

११ फागुन, मेचीनगर : नेपाल सुनचाँदी व्यवसायी संघ १ नम्बर प्रदेश अध्यक्ष राजु धमलाले राज्यले सुनचाँदी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एकसाता अघि सम्पन्न नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगरको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको बुधबार सम्पन्न पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दैं धमलाले देशभर २२ हजारबढी सुनचाँदी व्यवसायी भएपनि राज्यले १० केजी मात्र सुन दिने गरेकाले त्यो पर्याप्त नभएको गुनासो गर्नुभयो । राज्यले दिने सुनको ६० प्रतिशतमात्र महासंघले पाउने र बाँकी ३० प्रतिशत नेपाल रत्नकला व्यवसायी संघलाई दिने र १० प्रतिशत एसोसिएटलाई दिने उहाँको भनाई छ । महासंघले प्राप्त गर्ने ६० प्रतिशतमध्ये पनि ४० प्रतिशत संघीय राजधानी काठमाण्डौमै खपत हुने बाँकी मात्र काठमाण्डौ बाहिर पुग्ने उहाँको भनाई थियो । उहाँले सुनमा देखिएको कोटा प्रणालीको अन्त्य गर्न समेत माग गर्नुभयो ।
वार्षिकरुपमा १० अर्ब रुपैयाँ भन्दा बढी नेपाल सुनचाँदी व्यवसायीले सरकारलाई कर तिर्ने भए पनि राज्यले अन्य व्यवसायीहरुलाई भन्दा उनीहरुमाथि हेर्ने दृष्टकोण फरक रहेको बताउनुभयो । राज्यले सुनचाँदी व्यवसायप्रति ल्याएको नीति
ठोस नभएको र यी व्यवसायीलाई हेर्ने दृष्टिकोण, कच्चा पदार्थ राज्यले सञ्चालन गरेको नियम कानुन र नीतिमा फरक गर्नुपर्नेमा अध्यक्ष धमलाको जोड थियो ।

आफुले प्रदेशको नेतृत्व सम्हाले लगत्तै १ नम्बर प्रदेशमा आवश्यक पर्ने सुन प्रदेशले उपलब्ध गराउनुपर्ने माग गर्दै अध्यक्ष धमलाले यसका लागि संघले आवश्यक पहल गरीरहेको स्पष्ट पार्नुभयो । अन्य व्यवसायभन्दा सुनचाँदी व्यवसाय निक्कै संवेनशील भएकाले आफ्नो व्यवसायलाई मर्यादित तथा अनुशासीत बनाउन उहाँले व्यवसायीहरुलाई सुझाँव दिनुभयो । कार्यक्रममा बोल्दै संघका झापा जिल्ला अध्यक्ष राजकुमार बराइलीले हरेक सुनचाँदी व्यवसायीहरुलाई आफ्नो कानुनी प्रक्रिया पुरा गरेरमात्र व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । व्यवसायीहरुको कागजात चुस्तदुरुस्त नभएकै कारण माग अनुसारको सुन दिन नसकिएको स्पष्ट पार्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि मेची उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिनालगायतले बोल्नुभएको थियो ।

निर्वाचन समिति संयोजक तथा नेपाल सुनचाँदी व्यवसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष विजय सराफले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । निर्वाचित पदाधिकारी र सल्लाहकार समितिलाई परिचय पत्र र प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष राजेश गहतराज र नवनिर्वाचित अध्यक्ष टोलबहादुर सुनर (नारायण)ले अध्यक्षता गर्नुभएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष दिलबहादुर खातीले तथा र सञ्चालन राजकुमार विश्वकर्मा श्रीवालले गर्नुभएको थियो ।

एकसाताअघि सम्पन्न नगरअधिवेशनबाट अध्यक्षमा टोलबहादुर सुनर (नारायण) वरिष्ठ उपाध्यक्षमा दिलबहादुर खाती, उपाध्यक्षमा जितेन्द्र सराफ, महासचिवमा राजु सुवरर्णकार, सचिवमा विरबहादुर गजमेर, कोषाध्यक्षमा बाबुराम खाती, सहकोषाध्यक्षमा मनिश वर्मालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा क्रमशः शान्ती थापा क्षेत्री, रोशनकुमार गजमेर, रामकुमार विश्वकर्मा, मुकेश साहनी, प्रेम ल्वाहागुन र पप्पु सुनार निर्वाचित भएका थिए

नयाँ नेतृत्वको कार्यकाल आगामी तीन वर्षको रहने छ । सो अवधिका लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । नवनिर्वाचित अध्यक्ष टोलबहादुर सुनारले आफू व्यवसायिक हकहितको लागि दिन रात नभनी लागि पर्ने बताउनु भयो । उहाँले आफ्ना व्यवसायीहरुको हक, हित अधिकार रक्षाका लागि समबन्धित पक्षसँग लडिरह्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.