१३ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा ५५५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २७५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा संक्रमण देखिएको छ भने ३ हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ८ हजार ६२८ जनाको कोरोना परीक्षण गर्दा २७५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २८० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७६ हजार ६७० जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३९ हजार २५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ५५ हजार ४५८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























