संगिनी नृत्य संरक्षण गर्न जुटे झापा मेचीनगरका महिलाहरु : सम्बन्धित पक्षबाट साथ सहयोग नपाएको गुनासो

A notice in Nepali from Mechinagar Ward No. 10

२५, फागुन मेचीनगर : नेपालको मौलिक परम्परा र संस्कृतिसँग जोडिएको संगिनी नाच लोप हुने अवस्थामा पुगेको छ । अहिलेको नयाँ पुस्तालाई यो नृत्य अनौठो र दुर्लभ लाग्न थालिसकेको छ । पछिल्लो पुस्ताले पछयाउन नसकेको संगिनी नृत्य संरक्षण गर्न झापा मेचीनगरका महिलाहरु अहिले लागेका छन् ।

संगिनी नृत्य यो केटीहरू वा महिलाद्वारा गीत गाएर नाची–नाची खेल्ने एक परम्परागत नृत्य हो । संगिनी नाचमा धार्मिक ग्रन्थहरू जस्तै रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको कुरालाई गीत र लयमा परिणत गरी ताली बजाई नाच्ने र गाइने गरिन्छ । यस्तै नृत्यलाई ‘संगिनी’ भन्दछन् । सामूहिक रूपमा लय हाल्दै गाउनासाथ गोलबद्ध रहेका महिला नाच्ने शैलीलाई संगिनी नाचको रूपमा परिभाषित गरिएको छ । यस नाचमा महिलाहरूले आफ्नो पीडाका कथा लयमा परिणत गरेर गाउने गर्छन् ।

वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै गाउंदै नाच्दै गरिने यो संगिनी गीत सुन्नमा मिठो हुन्छ । विस्तारै गीत गाउंदै र नाच्दै गरिने यो संगिनी नाच बढ्दो आधुनिकीकरण सँगै विस्तारै लोप हुने स्थितिमा पुगेको छ । तर, झापा मेचीनगर—६ काँकरभिट्टाका महिलाहरु भने समूह नै बनाएर यसको संरक्षणमा जुटेका छन् । एकता महिला समूहका कलाकारहरु यतिखेर लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन् । समूहका कलाकारहरु महिलाहरुको ठूलो पर्व हरितालिका तीजदेखि जिल्लाभित्र र बाहिर हुने जस्तासुकै कार्यक्रममा पुग्ने गरेका छन्, आफ्नो प्रस्तुती देखाउन । त्यसमा पनि आफ्नै खर्चमा ।

ऐतिहासिक तथा धार्मिक घटनाक्रम, धार्मिक ग्रन्थका श्लोक समेटेर नाचिने संगिनी पछिल्लो समय महिलाहरुले हरितालिका तीजको साँस्कृतिक परम्परा, सासुले बुहारीलाई गर्ने गरिएको व्यवहार, बुहारीले सासुलाई गर्ने सम्मान, तिजमा चेलिले माइत जान नपाउँदाका पिडा र पुरुष प्रधान समाजमा महिलाले भोगदै आएका विभिन्न हिंसाहरुलाई टप्पकै शब्दमा उतारेर गीत गाउने र नाच्ने गरिएको समूहकी अध्यक्ष कल्पना ओली सिटौलाको भनाई छ ।

नयाँ पुस्ताले संगिनी नृत्य के हो ? भन्ने समेत बुझ्न नसक्ने अवस्था रहेको, उहिले उहिले हजुरआमा आमाहरुले संगिनी नृत्य गर्ने गरेको र संगिनी नृत्य त्यस समयको निक्कै लोकप्रिय नृत्य भएको सिटौलाको भनाई छ ।

संगिनी नृत्य गर्दा आफुलाई निक्कै गर्व लाग्ने र जिल्ला बाहिरबाट समेत विभिन्न संघ संस्थाले बोलाउने गरेको समुहका सदस्य नारायणी गौतम पाण्डेको भनाई छ ।

पछिल्लो समय संगिनी नृत्य एकदमै कम भेटिने गरेको र नयाँ पुस्तालाई यो नृत्य सिकाउने आफ्नो संस्थाको पनि एउटा प्रयास रहेको पाण्डेको भनाई छ । यसको संरक्षण्मा आफ्नो समूह जुटेपनि आर्थिक अभावका कारण सोचे अनुसार लक्ष्यमा पुग्न नसकिएको उहाँको गुनासो छ । समूहका कलाकारहरुले दर्जनौ संगिनी गीत तयार गरे पनि आर्थिक अभावकै कारण पुस्तकारमा प्रकाशन गर्न नसकिएको उहाँको गुनासो छ ।

काखका स—साना १÷२ वर्षका छोराछोरी छाडेर आफूहरु संगिनी नृत्यको संरक्षणमा जुटेको समूह सदस्य अञ्जु गौतम खरेलको भनाई छ । अहिलेसम्म सरकारी क्षेत्रबाट कुनै पनि प्रकारको साथ सहयोग नपाएको र यदि सम्बन्धित पक्षले आफ्नो संगिनी नृत्य संरक्षण अभियानलाई साथ सहयोग गर्ने हो भने नयाँ पुस्तालाई यो नृत्य सिकाउने थप यसको संरक्षणमा जुट्ने उहाँको भनाई छ । पछिल्लो पुस्ताले पछ्याउन नसकेको संगिनी नृत्य संरक्षण गर्न अब सबैपक्ष लाग्नुपर्ने उहाँको भनाई छ ।

धेरै संघ संस्थाले आफुहरुलाई बोलाउने र धेरै ठाउँमा गएर संगिनी नृत्य प्रस्तुत गरे पनि सरकारी माध्यमबाट कुनै सहयोग नमिलेको समूहका सदस्य मीना पौडेलको भनाई छ । आधुनिकतासँगै नेपाली समाजले मौलिक पहिचान भने बिर्सदै गएको तर्क उहाँको छ । अहिलेको पुस्ताले संगिनी नृत्य के हो भन्नेसमेत बुझ्न नसक्ने अवस्था छ । त्यही भएर आफूहरुले अभियान नै थालेको पौडेलको भनाई छ ।

कुनै समय संगिनी नाच जिल्लाका सबैजसो ठाउँमा लोकप्रिय थियो । तर, पछिल्लो समय संगिनी नाच्ने एकदमै कम भेटिने र यो लोप हुने अवस्थामा पुगेको उहाँको तर्क छ ।

संगिनी नाच बढ्दो आधुनिकीकरण संघै विस्तारै लोप हुने स्थितिमा पुगेको र देशका विभिन्न ठाउमा अहिले संगिनी नाच संरक्षणमा महिला समुहहरु सक्रिय रहदै आउन थालेपछी यसको लोकप्रियता पनि पुनः बढन थालेको समुहका अर्का सदस्य अञ्जु गौतम रिजालको को भनाई छ ।

मेचीनगर नगरपालिकाकी उप–प्रमुख मीना पोखरेल उप्रेती भाषा संस्कृतिको जर्गेनाको लागि नगरपालिकाले बजेटकै व्यवस्था मिलाउदै आएको बताउँनुहुन्छ । स्थानीय स्तरमा हुने विवाह, धार्मिक कार्य तथा विशेष समारोहमा संगिनी नृत्य प्रस्तुत गनुपर्ने उहाँको तर्क छ । जातीय, धार्मिक र सांस्कृतिक विविधताको समाजमा भएका अनेक परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि स्थानीय सरकारले गर्ने साथ सहयोग हुने बताउनुभयो । स्थानीय सरकार हरेक जातिको संस्कृति संरक्षणमा हातेमालो गर्दै आएको उहाँको भनाई छ ।

आधुनिक पाश्चात्य संस्कृतिप्रति आजका युवाहरू आकर्षित हुन थाले पछि संगिनी नृत्य मौलिक संस्कार बुढापाकामा मात्र सिमित रहन पुगेको छ । संगिनी नृत्य पहिले छ्यापछ्याप्ती देख्न पाइन्थ्यो । तर आजभोली यो गीत र नाच देख्न र हेर्न बिरलै पाइन्छ । हाम्रो संस्कृती रहेमा मात्र हामी रहनुको अस्तित्व रहन्छ । त्यसकारण पनि यसको संरक्षणमा सबैले ध्यान पुर्याउनु जरुरी छ ।

 

प्रतिक्रियाहरु 1

  1. Geeta Gyawa says:

    हाम्रा दिदीबहिनीहरुको यति राम्रो कला, प्रतिभा वास्तवमा नेपालकै लागि दुर्लभ सावित भएको यस घडीमा नेपाल सरकार, तथा प्रदश नं १ सरकारले सम्बद्र्धन र संरक्षण गर्नुपर्ने तड्कारो आवश्यकता देखिन्छ, यसरी आप्mना पुर्खाको निशानी, गौरबशाली कलालाई संरक्षण गर्ने यी महान नारीहरुलाई उच्च सम्मान गर्दै यसका लागि आवश्यक पर्ने भेषभूषा, तथा कदर स्वरुप आर्थिक रुपले पनि उहाँहरुलाई सम्मान गर्नु पर्ने दायित्व त्यहाको स्थानीय सरकारको हो भन्दै म त्यता तिर ध्यानाकर्षण गराउन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.