नाका खुला गर्न माग गर्दै रानीमा प्रदर्शन

विराटनगर , १९ मंसिर ।/ कोरोना महामारी जोखिमका कारण बन्द गरिएको नाका खुला गर्न माग गर्दै विराटनगरमा प्रदर्शन सुरु भएको छ ।

नेपाल-भारत खुला सीमा संवाद समूह मोरङले सीमावर्ती क्षेत्र रानीमा प्रदर्शन सुरु गरेको हो । समूहले शुक्रबार नाका खुला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना दिएको छ ।

नाका खुला नभएसम्म धर्ना कार्यक्रम जारी राख्ने धर्ना कार्यक्रमका संयोजक राकेश रोशन यादवले जानकारी दिए ।

धर्नामा संवाद समूहका संयोजक राजीव झा पनि सहभागी थिए । कोरोना महामारी नियन्त्रणका लागि ११ चैतयता सरकारले नाकामा आवत-जावत बन्द गरेको छ ।

नाकामा हुने खुला आवत–जावत बन्द हुँदा सीमावर्ती क्षेत्रका जनताले समस्या भोग्नुपरेको गुनासो गरिरहेका छन् । नाका बन्द भएकाले नेपालका सीमावर्ती बजार चलयमान भएका छन्

साभार : कोसी अनलाइल

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.