भरतपुर महानगरकी मेयर रेनु दाहालसहित वडा अध्यक्ष र सदस्यले दिए राजीनामा

A notice in Nepali from Mechinagar Ward No. 10

९ वैशाख, भरतपुर : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदारी दिन उनले पदबाट राजीनामा दिएकी हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बन्न लागेकी दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा पत्र बुझाएकी हुन्  । मेयर दाहालले राजीनामा दिएको उपप्रमुख शाहले अन्नपूर्णलाई जानकारी  दिइन्।

‘मेयरले राजीनामा बुझाउनु भएको छ । आजै स्वीकृत भइसकेको छ,’ उपप्रमुख शाहाले भनिन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि दाहालले राजीनामा दिएकी हुन्। सत्तारुढ गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।  ‘महानगरपालिकाको नगरप्रमुख  पदमा उम्मेदवारी दर्ता गर्ने हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै भरतपुर महानगरपालिका चितवनको नगरप्रमुखको पदबाट राजीनामा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख छ ।  मेयरसँगै वडाध्य्क्ष र नगर सदस्यले पनि राजीनामा दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.