शाहको समर्थनमा सुदूरपूर्वमा प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

१५ वैशाख, मेचीनगर : ¥यापर तथा इञ्जिनियर बालेन शाहले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गराए पछि उहाँको समर्थनमा विहीबार झापाको मेचीनगरमा प्रदर्शन भएको छ । प्रदर्शनमा अधिकाँश युवा सहभागी थिए ।

शाह ’हिपहप’ जगतका लागि चिरपरिचित नाम हो। उनको ¥यापलाई मन पराउने ठूलो युवा जमात छ ।

दिउँसो साढे १ बजे काँकरभिट्टा माध्यमिका विद्यालयको खेलमैदानमा दिपेश गिरीको नेतृत्वमा भेला भएका स्वतन्त्र युवाहरूको समुहले बालेन शाहको पक्षमा विभिन्न नाराबाजी गर्दै बजार परिक्रमा गरेको थियो ।

राष्ट्रिय झण्डा सहित भेला भएका युवाहरुको समुहले ‘भोट फर बालेन’, ‘यदि काठमाडौं शिक्षित छ, बालेनको जित निश्चित छ’, ‘आम युवा के भन्छ युवा नेतृत्व ले भन्छ’ जस्ता पम्प्लेट सहित नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । अब राजनीतिक दलको नेतृत्वले देशको निकास दिन नसक्ने र भ्रष्टाचारको अन्त्य सुशासन र समृद्धि चाहाने हो भने देशैभर स्वतन्त्र युवाको नेतृत्व आवश्यकता रहेको दिपेश गिरीले बताउनुभयो ।

भारतबाट इन्जिनियरिङ पढाइ सकाएका बालेनले काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिनुभएपछि अहिले उहाँको सामाजिक सञ्जालमा ठुलै चर्चा भइरहेको छ उहाँको समर्थकहरु समेत बढ्दै गएका छन् । उहाँले उम्म्द्‍वारी दर्ता गराउनुअघि घोषणा पत्र सार्वजनिक गर्नुभएको छ । आफू मेयरमा निर्वाचित भए काठमाडौंको जाम, प्रदूषणको समस्या हल गर्ने शाह बताउनुहुन्छ

शाहले नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.