चितवनको कुमरोजमा बाघको आक्रमणमा एकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

चितवन — बाघले आक्रमण गर्दा चितवनमा एकजनाकाे निधन भएकाे छ । आइतबार बिहान घाँस काट्न कुमराेज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका-१३ बैरियाका ६५ वर्षीय नारायण दाहालकाे बाघले आक्रमण गर्दा निधन भएकाे चितवन प्रहरीले जनाएकाे छ ।

राप्ती घाँसे मैदानमा घाँस काट्दै गर्दा दाहाललाई बाघले आक्रमण गरेको छ भन्ने खबर प्राप्त भएपछि खाेजीका लागि प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाकाे टाेली हात्तीसहित जंगल छिरेको थियाे ।

दाहालकाे शव बाघले आक्रमण गरेको ठाउँभन्दा अन्दाजी १ किलोमिटर पर बिहान १० बजे तिर फेला परेकाे चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.