देशभरका विद्यालयहरु ६ दिन बिदा हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२८ वैशाख, काठमाडौँ : स्थानीय तह निर्वाचन नजिकिएसँगै आजबाट देशभरका विद्यालय लगातार ६ दिन बन्द भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान केन्द्र कायम भएका विद्यालय वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जानकारी दिएको छ।

३१ गते शनिबार परेको छ भने जेठ १ गते सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू हुनेछ। २ गते बुद्ध जयन्ती परेको छ। निजी विद्यालयहरू पनि आजबाट अधिकांश बन्द भएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले आजबाट ६ दिनसम्म विद्यालय बन्द हुने जानकारी दिए। उनले भने,‘सबै ठाउँका विद्यालय बन्द नहुन पनि सक्छन,तर,उपत्यकाको सबै बन्द हुन्छ,अब जेठ ३ गतेदेखि मात्रै खुल्छ।’

उनका अनुसार भाेट दिनका लागि अभिभावकहरू छाेराछाेरी लिएर गाउँ पुगेका छन्। त्यही कारण विद्यालय बन्द गर्नु परेकाे हाे।  निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विद्यालय, खाली स्वास्थ्य चौकीलगायत स्थानमा २१ हजार ९ सय ९५ मतदान केन्द्र तोकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.