काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको बजेट आइतबार संघीय संसद्मा प्रस्तुत गरेको छ। सरकारका अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
प्रस्तुत बजेटमा चालूतर्फ ७ खर्ब ५४ अर्ब ४० करोड रुपैयाँ अर्थात ४२ प्रतिशत बजेट विनियोजन भएको छ। यस्तै पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३७ करोड अर्थात् २१.२ प्रतिशत रहेको छ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत रहेको छ।
सरकारले बजेटमा स्थानीय उत्पादन, रोजगारी र कृषिलाई प्राथमिकता दिएको छ।
यस्तो छ आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटको पूर्णपाठ
[elfsight_pdf_embed id=”7″]

























