दुर्लभ चराको वासस्थान जोगाउन संरक्षणकर्मी देवेन खरेलद्वारा ज्ञापन पत्र हस्तान्तरण

A notice in Nepali from Mechinagar Ward No. 10

१९ जेठ, मेचीनगर : नेपालको सुदुर दक्षिणपूर्वी नगर मेचीनगरमा ४ नं. वडा क्षेत्रको अधिकार क्षेत्र भित्र रहेको, विगतको छोटी भन्सार बाहुण्डाँगी चोक बाट पूर्व मेची नदी तर्फ लाग्ने कच्चीबाटोको अन्तिम भागबाट नेपाल भारत अन्तराष्ट्रिय सीमा नजिक मेची नदीको किनारमा, सो बाटोलाई मध्यबिन्दु मानेर नेपाल तर्फको भूभागमा उत्तर तथा दक्षिण तर्फ करिब १ कि मी क्षेत्रमा राष्ट्रिय स्तरमा अति संकटापन्न ( Critically Endangered), ठूलो बगरबट्टाइ (Great Thick Knee) नामको चरा प्रारम्भिक खोजीका आधारमा ३ वटाको संङ्ख्यामा चरा अनुसन्धान तथा संरक्षणकर्मी देवेन खरेलले भेटेको र प्रमाणका निम्ति केही तस्वीरहरु पनि खिँचेको हुनाले यस क्षेत्रको महत्वलाई बुझेर यथा सिघ्र विभिन्न प्रायोजनमा खोलाको यस क्षत्रेमा चल्ने ट्रयाक्टर, ट्रिपर या अन्य निजी तथा भाडाका सवारी साधन सुरक्षित बाटोबाट आवतजावत गर्न र सो तोकएिको क्षेत्रमा भविष्यमा कुनै पनि उत्खनन कार्यको रोकको प्रबन्ध मिलाइदिनुहुन पहल गर्न सो वडा कार्यालयका वडाध्यक्ष श्री अर्जुनकुमार कार्कीलाई वहाँकै कार्यालयमा हात्ती संरक्षण कर्मी तथा गाइड श्री शंकर क्षेत्री लुइटेलका साथमा निवेदन दिइ यथासिघ्र संरक्षणका निम्ति ठोस कदम चाल्नुहुन खरेलले निवेदन मार्फत अपिल गरेका गर्नुभएको छ ।

संरक्षण कर्मी खरेलका अनुसार यस्ता किसिमका अति महत्वपूर्ण दुर्लभ चराहरुलाई , सम्बन्धित वडा तथा नगरको अगुवाईमा थप खोज तथा अनुसन्धान साथै सुरक्षित वासस्थानको सहजीकरणका निम्ति पहल गरिदिनुपर्ने हो । उक्त चरालाई केही वर्ष पूर्व अनिश तिम्सिना र हालैका दिनमा कोशी टप्पुबाट त्यस क्षेत्रमा पाल्नुभएका नेचर गाइड श्री चक्र तिम्सिनाजी र यसै बाहुण्डाँगी क्षेत्रका हात्ती संरक्षण कर्मी तथा गाइड श्री शंकर क्षेत्री लुइटेलले पनि कहिलेकाहीँ सोही क्षेत्रमा देख्नुभएको भनी खरेलले वताउनुभयो । सो वडाका वडाध्यक्ष श्री कार्की स्वयम् पनि प्रकृति तथा वन्यजन्तु प्रेमी भएको नाताले यसको महत्वलाई मनन गरि यथासिघ्र संरक्षणका निम्ति ठोस कदम चाल्नुहुन खरेलले निवेदन मार्फत अपिल गरेका गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.