पछिल्लो समय पार्कप्रति मानिसको आर्कषण बढ्दो

A notice in Nepali from Mechinagar Ward No. 10

२३ जेठ, मेचीनगर : पछिल्लो समय झापाको मेचीनगर— ६ काँकरभिट्टामा रहेको भानु फिटनेश पार्कमा स —साना बालबालिकादेखि प्रौढ अनि बृद्घ—बृद्घाको समेत आर्कषण बढ्न थालेको छ ।

पार्कभित्र विभिन्न अभ्यासका सामाग्री रहेको र निःशुल्करुपमा त्यहाँ अभ्यास गर्न पाउने भएकाले पनि पार्कप्रति मानिसको आर्कषण बढेको हो । पार्कभित्र विभिन्न खालका व्ययाम गर्न सकिन्छ । जस्ले शारिरीक एवम् मानसिकरुपमा हरेक व्यक्तिलाई स्वस्थ्य राख्दछ ।

वरिपरीमात्र नभई निक्कै टाढा टाढाबाट पार्कमा शरीरिक व्ययामका लागि मानिस आउने गरेको स्थानीय गीता गौतमको भनाई छ । बिहान र साँझपख पार्कभित्र मानिसको भीड निक्कै ठूलो लाग्ने गर्दछ ।

१९ लाख ९१ हजार १ सय ३६ रुपैयाँ कुल लागत अनुमान गरिए पनि १९ लाख ९१ हजार ६ सय ८७ रुपैयाँमा सम्भौता भई भानु फिटनेश पार्कको निर्माण भएको हो ।

भानु फिटनेश पार्क उपभोक्ता समिति मेचीनगर—६ मार्फत निर्माण भएको पार्कबाट ४ हजार ७ सय ५० जना लाभावन्तित हुने बताईएको छ । कामको शुरु मिति २०७८ जेठ ३१ गते र सम्पन्न गर्नुपर्ने मिति २०७८ असार २५ गते भएपनि कोभिड १९ का कारण समयमै निर्माण कार्य सम्पन्न नभएको भानु फिटनेश पार्क उपभोक्ता समिति मेचीनगर — ६ का अध्यक्ष भुपाल ओलीले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.