आँबुखैरेनी–मुग्लिन खण्ड : अब राति पनि यातायात सञ्चालन

A notice in Nepali from Mechinagar Ward No. 10

३० जेठ, तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ।

आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार साँझदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकोमा आइतबारदेखि अवरोध हटाइएको हो ।

राति यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो। निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर सानाठूला र हेभी सवारी साधनसमेत सञ्चालन गराइएको जानकारी दिए।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ। सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.