प्राधिरकण र वायुसेवा सञ्चालकबीच सहमति, उडान नियमित

A notice in Nepali from Mechinagar Ward No. 10

८ गते बुधबार : नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएको छ।

गएराति भएको वार्तामा प्राधिकरण र संघबीच सहमति भएको हो। यो सहमितसँगै आज आन्तरिक उडान नियमित सञ्चालन हुने भएका छन्।

संघले मंगलबार पत्रकार सम्मेलन गरी आजदेखि आन्तरिक उडान ठप्पन पार्ने घोषणा गरेको थियो। त्यसपछि राति नै प्राधिकरण र संघबीच वार्ता भएको हो।

प्राधिकरणले संघका जायज माग सम्बोधन गर्ने सहमति गरेपछि संघले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो। वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले आन्तरिक उडान नियमित सञ्चालन गर्ने र वार्तालाई पनि निरन्तरता दिने सहमति भएको बताए।

दुवै पक्षबीच आज पनि छलफल हुने भएको छ। आज मध्याह्न १२ बजे प्राधिकरणको केन्द्रीय कार्यालयमा छलफल हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.