राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भङ्ग, नयाँ निर्वाचनको घोषणा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको छ ।

आइतबार राष्ट्रपति भण्डारीले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई अनुमोदन गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेको थियो ।

बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेर निर्णयबारे जानकारी गराउनु भएको थियो । ।

राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गर्नुभएको छ ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भने सरकारको यो कदमकाे विरोध जनाएकाे छ । काङ्ग्रेस नेता गगन थापाले संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएकाे जनाउँदै त्यसकाविरुद्ध आज साँझ ४:३० बजे नयाँ बानेश्वरमा विरोध गरिने जनाउनुभएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला- काठमाडौं सम्पर्क समन्वय समितिकाे आयोजनामा सो कार्यक्रम हुन लागेकाे हो ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.