जापानमा सत्तारुढ दलका वरिष्ठ नेतासँग दाहालको भेट

A notice in Nepali from Mechinagar Ward No. 10

२४ साउन, काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं पूर्वअर्थ, व्यापार तथा उधोगमन्त्री तोसिहिरो निक्कइसँग भेट गरेका छन् ।

पाँच दिनको जापान भ्रमणमा रहेका नेता दाहालले मंगलबार राजधानी टोकियोमा जापानी नेता निक्कइसँग भेटवार्ता गरेका हुन् । भेटको क्रममा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्नेबारे छलफल भएको थियो ।

भेटवार्ताबारे नेता दाहालको आधिकारिक फेसबुक पेजबाट पनि सूचना सार्वजनिक गरिएको छ । यस्तै नेपालको कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रमा जापानले दिँदै आएको सहयोगलाई वृद्धि गर्ने सम्बन्धमा छलफल भएको दाहालको फेसबुक पेजमा जारी सूचनामा भनिएको छ ।

जापानमा रहँदै आएका नेपाली समुदायको निमन्त्रणामा जापान पुगेका नेता दाहालले अधिकांश समय नेपाली समुदायसँग विताएका छन् । यसअघि उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.