Thursday, June 24, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारमन्त्रिपरिषद् पुनर्गठन चाँडै हुने

मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन अब चाँडै हुने बताएका छन् ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुरा ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् ।

आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णय गरेको समेत गरेको छ । साथै बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको गरेको छ ।

बैठकले प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश नमबर २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश संयोजकमा लेखराज भट्ट रहेको श्रोतले बताएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु