पाँचतारे होटलका सात क्यासिनोलाई ७ दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको चेतावनी

A notice in Nepali from Mechinagar Ward No. 10

२० भाद्र, काठमाडौँ : काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र सञ्चालित सात ठूला होटलका क्यासिनोलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ।आइतबार महानगरले सात दिनभित्र बक्यौता रहेको कर तिर्न चेतावनी दिँदै सूचना जारी गरेको हो ।

महानगरले जारी गरेको सूचनामा म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपुर्ण होटलको क्यासिनो प्यालेस, ¥याडिसन होटलको ¥याड क्यासिनो, हायातको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रियसन क्यासिनो, सोल्टीको माजोङ इन्टरटेनमेन्ट, एलफ्टको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनभित्र कर तिर्न ताकेता गरेको हो ।

‘मनोरञ्जन कर बुझाउनका लागि पटकपटक ताकेता गरेपनि आ.व २०७५/०७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हाल सम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत सात दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग बबरमहलमा  बुझाउनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.