बेवारिसे बम पट्किँदा दुईको मृत्यु, तीन घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

१२ कात्तिक, काठमाडौँ : कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । विस्फोटमा परी तीन जना बालबालिका घाइते भएका छन्। कालीकोटको तिलागुफा नगरपालिका—१० रानाबाडामा कोदोबारीमा बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुँदा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, घटनामा गम्भीर घाइते चार वर्षीया सरस्वती रानाको पनि उपचार क्रममा सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी तीन वर्षीया दर्शना राना, पाँच वर्षीया मुस्कान थापा र सात वर्षीय कमल थापा घाइते भएका छन् ।

उनीहरू घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले द्वन्द्वकालमा फालिएको बम हुनसक्ने बताउनुभयो । उहाँकाअनुसार घाइते बालबालिकाहरूलाई जिल्लामा उपचार हुन नसक्ने भएपछि गृह मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।

तिलागुफा नगरपालिका उपप्रमुखका स्वकीय सचिव जीवन शाहीले द्वन्द्वकालमा लुकाएर राखेको बम कुनै जङ्गली जनावरले गुफाबाट  बाहिर ल्याएर कोदोबारीमा फालेको र त्यही बच्चाले चलाएका कारण  विस्फोट भएको बताउनुभयो ।

घटना लगतै प्रमुख जिल्ला अधिकारी रामहरि शर्मासँगको समन्वयमा उपप्रमुख शाहीले हेलिकोप्टरको व्यवस्था गरेर थप उपचारका लागि सुर्खेत पठाएको शाहीले बताउनुभयो । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माले घटनास्थलमा फलामका टुक्राहरु फेला परेको हुँदा सकेट बम भएको प्रहरीको प्रारम्भिक अनुमानले देखाएको बताउनुभयो । सो क्षेत्रमा अन्य त्यस्ता वस्तुहरु पनि रहेको हुनसक्ने भएकाले नेपाली सेनाको टोली अनुसन्धानका लागि घटनास्थलतर्फ लागेको जानकारी पनि उहाँले दिनुभयो ।(गोरखापत्र अनलाइनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.