विश्वका ६ हेर्नैपर्ने विमानस्थलको सूचीमा लुक्ला तेस्रो स्थानमा

A notice in Nepali from Mechinagar Ward No. 10

२१ कात्तिक, काठमाडौँ : विश्वका ६ हेर्नैपर्ने विमानस्थलको सूचीमा मा नेपालको तेन्जिङ–हिलारी विमानस्थल पनि परेको छ।  उड्डयन क्षेत्रमा काम गर्न बेलायती संस्था आर्टेमिस एयरस्पेसको सूचीमा लुक्ला पनि समावेश भएको हो।

विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ। ‘सगरमाथाको प्रवेशद्वार यो विमानस्थल सुन्दर हिमालको बीचमा छ। यात्रुले हिमालको सुन्दर दृश्यावलोकन गर्न सक्छन्’, आर्टेमिस एयरस्पेसले भनेको छ।

लुक्ला विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलका रूपमा विश्वभर परिचित छ। वरिपरि भिराला पहाडले घेरिएको, छोटो धावनमार्ग (एक हजार ७२९ फिट), छिनछिनमा बदलिने मौसमलगायतका कारण यो विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा पर्ने गरेको छ।

स्कटल्याण्डको बार्रा विमानस्थल पहिलो स्थानमा छ भने ग्रिसको स्कियाथोस अलेक्ज्यान्ड्रोस दोस्रोमा परेको छ। यसैगरी ब्राजिलको सान्टोस गुमेन्ट, इटालीको भेनिस मार्कोपोला र आयरल्याण्डको डोनेगल विमानस्थल चौथो, पाँचौँ र छैटौँ स्थानमा छन्।

आर्टेमिस एयरस्पेसले विमानस्थलको अवस्थिति र प्राकृतिक सुन्दरताका आधारमा उक्त छवटा विमानस्थललाई ‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा समावेश गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.