काठमाडौं । इलामस्थित निर्माणाधीन फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलबाट आउँदो वैशाखदेखि उडान–अवतरण गर्न पाइने भएको छ । करिब ३ महिनामा धावनमार्गको कालोपत्रे सक्नेगरी काम भइरहेकाले वैशाखदेखि उडान–अवतरण गर्न सकिने भएको हो।
यसअघि २०७५ साल ज्येष्ठ २१ गते तारा एयरको जहाजले फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा पहिलो पटक सफल अवतरण गरेको थियो । पहिलो परीक्षण उडान हेर्न इलामबासीहरु ठुलो संख्यामा विमानस्थलमा पुगेका थिए र परिक्षण उडान सफल भएपछि स्थानीय रमाएका थिए ।
फाल्गुनन्द – सुकिलुम्बा विमानस्थलबाट भारतका दार्जीलिङ र सिक्किम केही किलोमिटरको दुरीमा पर्ने हुनाले त्यहाँका यात्रुलाई काठमाडौँ आउन जान अब सहज हुनेछ ।