वैशाखदेखि फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलले जहाज उडान–अवतरण गर्नसक्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । इलामस्थित निर्माणाधीन फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलबाट आउँदो वैशाखदेखि उडान–अवतरण गर्न पाइने भएको छ ।  करिब ३ महिनामा धावनमार्गको कालोपत्रे सक्नेगरी काम भइरहेकाले वैशाखदेखि उडान–अवतरण गर्न सकिने भएको हो।

 यसअघि  २०७५  साल ज्येष्ठ २१ गते तारा एयरको जहाजले  फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा पहिलो पटक सफल अवतरण गरेको थियो । पहिलो परीक्षण उडान हेर्न इलामबासीहरु ठुलो संख्यामा विमानस्थलमा पुगेका थिए र  परिक्षण उडान सफल भएपछि स्थानीय रमाएका थिए ।

फाल्गुनन्द – सुकिलुम्बा विमानस्थलबाट भारतका दार्जीलिङ र सिक्किम केही किलोमिटरको दुरीमा पर्ने हुनाले त्यहाँका यात्रुलाई काठमाडौँ आउन जान अब सहज हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.