Thursday, June 24, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटडोल्पा सदरमुकाम दुनै सहित आसपासका क्षेत्रमा ५ दिन निषेधाज्ञा

डोल्पा सदरमुकाम दुनै सहित आसपासका क्षेत्रमा ५ दिन निषेधाज्ञा

काँकरभिट्टा । जिल्ला प्रशासन कार्यालय डोल्पाले सुचना जारी गर्दै आइतबार १९ गतेदेखि २३ गतेसम्म ५ दिन सदरमुकाम दुनै सहित आसपासका क्षेत्रमा निषेधाज्ञा गरेको जानकारी दिएको छ। डोल्पाबाट कोरोना भाइरस बढ्ने खतरा बढेपछि यस्तो निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले सदरमुकाम र आसपासका क्षेत्रमा भीडभाड धेरै भएको कारण कोरोना संक्रमण बढी हुने खतरा भएको भन्दै ५ दिन निषेधाज्ञा जारी गर्नुभएको हो ।आइतबारदेखि नै जमघट, भेला, सेमिनार, समिक्षा, गोष्ठी, छलफल जस्ता कार्य नर्गन भन्दै पूर्व लोचा खोला, पश्चिम शुलिर्गाड, उत्तर भेरीपारिको सम्पूर्ण बस्ती अस्पताल क्षेत्र र दक्षिण तिप्ला जानेबाटो चार किल्ला तोकेर पाँच दिनलाई निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु