विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा शोकसभा

A notice in Nepali from Mechinagar Ward No. 10

४ माघ, मेचीनगर : आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा झापाको मेचीनगरमा बुधबार शोकसभासहित दिवंगतहरुप्रति श्रद्धाञ्जली अर्पण गदैं दीप प्रज्वलन गरिएको छ ।

मेचीनगर— ६ काँकरभिट्टामा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) प्रदेश नम्बर १ ले दिवंगत सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ । कार्यक्रममा दिवंगत ७२ जनाको स्मृतिमा ७२ वटा मैनबत्ती प्रज्वलन गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो ।

उक्त घटनाप्रति दुःख व्यक्ति गर्दै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले उहाँहरुको निधनले नेपालको स्वास्थ्य, संगीतलगायत थुप्रै क्षेत्रले ठुलो क्षति व्यहोरेको बताउनुभयो । आन्तरिक उडानकोक्षेत्रमा अहिलेसम्मकै ठुलो क्षति भएको उहाँको भनाई थियो ।

शोक सभामा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) प्रदेश नम्बर १ का महासचिव नविन खरेल, सल्लाहकार शेखर ढकाल, होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य डम्बरकुमारी श्रेष्ठ, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल फेवा)मेची उद्योग बाणिज्य संघका सदस्य दीपेन्द्रराज पाण्डे, पर्यटन कार्यालय काँकरभिट्टाका प्रतिनिधि निरोज कट्टेल, नेकपा एमालेका डिल्लीराम घिमिरे, नेपाली काँग्रेसका सुरेन्द्र बुढाथोकी, नेकपा माओवादी केन्द्रका राजु दाहाल, विभिन्न पर्यटन व्यवसायी, होटल व्यवसायीलगयात सर्वसाधारण्ष्लगायतले विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

माघ १ गते बिहान काठमाडौँबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य ४ सहित ७२ जनाको निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.