पूर्वीनाकामा निर्माण भएका संरचना हस्तान्तरण

A notice in Nepali from Mechinagar Ward No. 10

२६ माघ, मेचीनगर : नेपाल प्रवेशकाे पूर्वीद्वार काँकरभिट्टामा अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा निर्माण गरिएकाे संरचना विहीवार स्थानीय सरकारलाई हस्तान्तरण गरिएकाे छ । मेचीनगर- ६, काँकरभिट्टा मेचीपुलकाे नेपालतर्फ काेभिड १९ विरूद्ध द्रुत प्रतिक्रिया तथा पूर्वतयारी निम्ती आईसाेलेशन केन्द्र र सीमानाकाकाे सवलिकरणमार्फत प्रभावकारी केश व्वस्थापन परियाेजना हस्तान्तरण गरिएकाे हाे । अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका याेजना व्यवस्थापक उमा नेपालले स्थानीय सरकार मेचीनगर नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गाेपालचन्द्र बुढाथोकी उपप्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि मीना पाेखरेल उप्रेतीलाई परियाेजनाकाे कागजात हस्तान्तरण गर्नुभएकाे थियाे । कार्यक्रममा बाेल्दै नेपालसँग सीमा जाेडिएका वागमती प्रदेश वाहेक बाकी सवै प्रदेशमा परियाेजना सञ्चालनमा रहेकाे नेपालले जानकारी दिनुभयाे । परियाेजनाकाे लागत १ कराेड ५० लाख यूराे रहेकाे छ । युराेपेली आयाेग डीजी इकाे काे आर्थिक सहयाेगमा अन्तर्राष्ट्रिय आप्रवासन संगठनकाे कार्यान्वयनमा तथा सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रियकाे नेतृत्व साझेदारीमा परियाेजना सञ्चालनमा रहेकाे उहाँकाे भनाई छ । पुर्वीनाकामा सञ्चालनमा आएकाे परियाेजनाकाे उद्धेश्य काेभिड १९ विरूद्ध द्रुत प्रतिक्रिया तथा पूर्व तयारी निम्ती आईसाेलेसन केन्द्र र सीमानाकाकाे सवलिकरणमार्फत प्रभावकारी केश व्यवस्थापन आईओएम परियाेजना काेभिड १९ काे सन्दर्भमन भारतबाट आएका र भारत जाने आप्रवासीहरूकाे यात्रालाई सुरक्षित बनाउने उद्धेश्यसहित सञ्चालनमा रहेकाे उहाँकाे भनाई छ । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले काेभिड १९ महामारीका बखत यस्ता संरचना अभावमा चाहे अनुसार काम गर्न नसकिएकाे बताउनुभयाे । काेभिड १९ बाट धेरै पाठ सिकेकाे बताउँद‌ै उहाँले जुन उद्धेश्य निर्माण गरिएकाे हाे साेहि उद्धेश्यमा संरचना सञ्चालन गर्ने बताउनुभयाे । यसकाे संरक्षण र सञ्चालनमा स्थानीय सरकार सक्रियरूपका लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । काँकडभिट्टा नाकामा रहेकाे हेल्थडेक्सले प्रभावकारी काम गरिरहेकाे उहाँकाे भनाई थियाे । तीनै तहका सरकारबीच समन्वय गरी दातृ निकायकाे सहयाेगमा यस्ता संरचना निर्माणकार्यमा साथ दिने बताउनुभयाे । विशिष्ट अतिथि उपप्रमुख मीना पाेखरेल उप्रेतीले काेभिड १९ नियन्त्रण र राेकथामकालागि उल्लेखनीय भूमिका निर्वाह गर्ने सवैप्रति धन्यवाद ज्ञापन गर्नुभयाे । काेभिडका बखत आईओएमले सेनिटाजर, मास्कलगायतका वस्तु प्रदान गरेकाे स्मरण गराउनुभयाे । अब यस्ता स्वास्थ्यसँग जाेडिएका स्वास्थ्य केन्द्रहरूमा दक्ष जनशक्तिकाे व्यवस्थापन गर्ने जानकारी दिनुभयाे । यसलाई स्थानीय सरकारले सम्पतिका रूपमा राख्ने बताउनुभयाे । अब यसकाे संरक्षण र रेखदेख गर्ने जिम्मा नगरपालिकाकाे रहेकाे बताउनुभयाे । मेचीनगर वडानम्वर ६ का वडाध्यक्ष ललितबहादुर तामाङकाे सभापतित्वमा भएकाे कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेल आईओएमका पब्लिक हेल्थ कन्सलटेन्ट जितेन्द्र शाहलगायतले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन हृल्थडेक्स ईञ्चार्ज भाेलामान थापाले गर्नुभएकाे थियाे । कार्यक्रममा मेचीनगर नगरपालिका सामाजिक विकास समिति संयाेजक हृदय राजवंशी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ शाखा प्रमुख सविता सापकाेटा, महिला निरीक्षक जयन्ती खरेल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख प्रहरी निरीक्षक हाेम अधिकारी, सशस्त्र प्रहरी बल नेपाल बीओपी काँकरभिट्टाका बीओपीपति सशस्त्र प्रहरी निरीक्षक निर्मल वस्नेत, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि , अधिकारकर्मी , सञ्चारकर्मी , सुरक्षाकर्मीलगायत सर्वसाधारणकाे उपस्थिति थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.