स्ववियु निर्वाचनमा होमियो काँकरभिट्टा बहुमुखी क्याम्पस

A notice in Nepali from Mechinagar Ward No. 10

१४ फागुन, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पसको सञ्चालक समितिले क्याम्पसका शिक्षा संकाय प्रमुख हेमकुमार खड्काको संयोजकत्वमा ७ सदस्यीय स्ववियु निर्वाचन समिति गठन गरेसँगै क्याम्पस स्ववियु निर्वाचनमा केन्द्रीत बनेको छ । आगामी २०७९ साल चैत्र ५ गते हुन गइरहेको स्ववियुको चुनाव संचलनका लागि संचालक समितिको २०७९ साल फागुन १२ गते बसेको बैठकले निर्वाचन समितिको सदस्यहरुमा व्यवस्थापन संकाय प्रमुख दुर्गाबहादुर लुइटेल, सहायक अध्यापक जमुना ढुङ्गाना, सहायक अध्यापक फाल्गुणी दाहाल, सहायक अध्यापक आशिष उप्रेती, सहायक अध्यापक अनिल विष्ट र सदस्य सचिवमा वरिष्ठ अध्यापक लम्बोदर पौडेल सहितको समिति गठन गरेको हो ।
निर्वाचन समितिले निर्वाचन प्रयोजनको लागि संघ/संगठन तथा समूह दर्ताको लागि यही २०७९ साल फागनु १९ गतेको समय सीमा दिएर सूचना समेत जारी गरेको छ ।
समितिले आगामी फागुन १८ गते क्याम्पसमा क्रियाशिल संग/संगठनहरुलाई छलफलमा बोलाउने समेत निर्णय गरेको समितिका संयोजक हेमकुमार खड्काले जानकारी दिनु भयो ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनले काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र ५ जना सदस्यहरु प्रत्यक्ष तर्फ र ७ जना सदस्यहरु अप्रत्यक्ष तर्फ गरी १५ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन गठन गर्नेछ ।
७ जना समानुपातिक सदस्यहरु मध्येबाट उपाध्यक्ष १, सहसचिव १ र ५ जना सदस्यहरु चुनिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.