प्रदेश १ नामकरण विरुद्ध यायोक्खाले बिहीबार चक्का जाम गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१७ फागुन, बिराटनगर : किरात राई यायोक्खाले प्रदेश १ को नामकरणविरुद्ध भोलि (बिहीबार) १ नम्बर प्रदेशका सबै जिल्लामा चक्का जाम गर्ने घोषणा गरेको छ। बुधबार विभिन्न राजनीतिक दलले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव गरेपछि यायोक्खाले चक्का जाम घोषणा गरेको हो।

बुधबार पत्रकार सम्मेलन गरी यायोक्खाले किरात पहिचान, भूगोललगायत सबैको आधारमा किरात प्रदेश नै नामकरण गरिनुपर्ने अडान राखेको छ। यायोक्खाका उपाध्यक्ष जनक राईले प्रदेशवासीको चाहनाविपरीत प्रदेश १ को नाम कोशी राख्ने चलखेल भइरहेकोमा आपत्ति जनाए।

उनले भने, ‘यसअघि किरात पहिचान, भूगोल र सभ्यताकै आधारमा नाम राख्छौँ भनेर प्रतिबद्धता जनाए,अहिले अचानक नाटकीय शैलीमा निर्णय गर्न खोजिएको छ। कोशी नाम राख्न टेबल भएको छ, योविरुद्ध भोलि प्रदेश १ का सबै जिल्लामा २ घण्टा कुनै सवारीसाधन चल्न नदिने गरि चक्का जाम गर्छौं।’

उनले यो चक्काजाम अहिले सांकेतिक मात्रै रहेको बताए। ‘यो सांकेतिक मात्रै हो, कोशी नाम राख्ने नै निर्णय भइहाले झनै ठूला आन्दोलनका कार्यक्रम घोषणा गर्दै जाने छौँ,’ उनले भने।

यायोक्खाका महासचिव भीमराज राईले पनि प्रदेशवासीको चाहनाविपरीत प्रदेशको नामकरण गरिए कडा आन्दोलन गर्ने र उक्त परिस्थितिबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार १ प्रदेश सरकार, प्रदेशसभामा भएका राजनीतिक पार्टी र सरोकारवाला हुने बताए।

उनले भने, ‘भूगोल, सभ्यता, संस्कृति, पहिचान आधारले प्रदेश १ को नाम किरात प्रदेशबाहेक अरु हुनै सक्दैन। हाम्रो चाहनाविपरीत राख्ने कार्य गरिए यसको परिणाम राम्रो हुने छैन।’

नेकपा एमालेले प्रस्ताव दर्ता गराएको कोशी प्रदेशमा नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका छन्।

तर काँग्रेसकै सांसद सम्शेर राई र विनोद राईले नाममा किरात जोड्नुपर्ने मत राखेका छन्। एमालेका रमेश बस्नेतले पनि किरात नाम राख्दा जनमतको सम्मान हुने धारणा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.