बाघले बेपत्ता बनाएको महिलाको शव फेला

A notice in Nepali from Mechinagar Ward No. 10

८ वैशाख, कञ्चनपुर : बेलौरी नगरपालिका ८ पचुँईबाट बाघले बेपत्ता पारेको महिलाको शव फेला परेको छ। बाघले झम्टेर बेपत्ता पारेकी अन्दाजी ४५ वर्षीया गंगादेवी चन्दको शव प्रहरीले पचुँईकै खप्टे खोला क्षेत्रमा फेला पारेको छ।

शव परीक्षणका लागि बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवका अनुसार महिलालाई बाघले आक्रमण गर्दा घाँटी र तिघ्रा घाउ बनाएको अवस्थामा फेला परेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको डा दिनेश देवकोटासहितको टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती सहितको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सब डिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोलीले बाघलाई नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख यादवले बताए। नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ।

बाघलाई निकुञ्ज क्षेत्रमा छाडिने बताइएको छ। शुक्रवार महिलालाई बाघले झम्टेर लगेपछि सुरक्षाकर्मीको टोलीले ड्रोन क्यामेरामार्फत बाघको निगरानी गरेका थिए। आज बिहान आठ बजे बाघलाई डार्ट गरी नियन्त्रणमा लिएपछि महिलाको शवको खोजी गरिएको थियो। बाघले झम्टेर लगेको २२ घण्टा पछि महिलाको शव फेला परेको हो।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.