सिम्रिक एयरका सबै उडानमा प्राधिकरणको रोक

A notice in Nepali from Mechinagar Ward No. 10

२२ वैशाख, काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक लगाएको छ । शुक्रबार हेलिकप्ट दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडानमा रोक लगाएको हो ।

अब सिम्रिकले सबै विमानहरूको विस्तृत रूपमा निरीक्षण गर्नुपर्ने प्राधिकरणले बताएको छ । साथै सिम्रिकले उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

शुक्रबार दिउँसो अरूण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन–एजेजेट हेलिकप्टर संखुवासभाको भोटेखोला गाउँपालिका–४ सिप्रुङमा दुर्घटनामा परेको थियो ।

हेलिकप्टरमा चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार थिए । तर, उनीहरूमध्ये एकजनाको मृत्यु भइसकेको छ । एकजा यात्रु सामान्य रहँदा चालक पौडेलसहित तीनजना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.