डाइभर्सन गरेर अवरुद्ध मेची राजमार्ग खुलाइँदै

A notice in Nepali from Mechinagar Ward No. 10

१० असार, फिदिम : बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर सुचारु गर्ने तयारी गरिएको छ । राजमार्ग आज साँझ सम्ममा सुचारु हुने भएको छ ।

सडक डिभिजन इलामले हेँवा खोलामा ह्युम पाइप राखेर डाइभर्सन गर्दै यातायात सुचारु गराउन लागेको हो । डाइभर्सनका लागि शनिवार साँझदेखि ह्युमपाइप राख्ने काम थालिएको सडक डिभिजन प्रमुख विदुर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार इटहरी स्थित सडक डिभिजनको गोदामबाट ल्याइएका ह्युम पाइप खोलामा पानीको सतह घटेसँगै राख्न सुरु गरिएको उहाँले बताउनुभयो । ह्युम पाइप राख्न आज अपराह्नसम्म समय लाग्ने र काम सकिए लगत्तै फिदिमदेखि ताप्लेजुङ सवारी तथा ढुवानीका साधन आवागमन सुचारु गराउने योजना रहेको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बत्ताउनुभयो ।

असार ३ गते गएको बाढीले हेवा खोला पुल बगाएसँगै एक सातादेखि फिदिम ताप्लेजुङ सडक खण्डमा यातायात तथा ढुवानीका साधन चल्न सकेका छैनन् ।

गोरखापत्र अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.