नेवार समुदायको लाखे तथा ठाक ठुके घिन्ताङ घिसी नृत्य प्रशिक्षण समापन : “कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ”-उपप्रमुख उप्रेती

A notice in Nepali from Mechinagar Ward No. 10

२४ साउन, मेचीनगर : मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले सबैले आफ्नो पहिचान जोगाउन कला, संस्कृति बचाउनुपर्ने बताउँनुभएको छ ।

बुधबार मेचीनगर – ६ काँकरभ्टिामा आयोजित नेवार समुदायको लाखे तथा ठाक ठुके घिन्ताङ घिसी नृत्य प्रशिक्षण समापन समराोहमा बोल्दैं उपप्रमुख उप्रेतीले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताउँनुभयो ।

उहाँले कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न सवैलाई आग्रह गर्नुभयो । समुदायको पहिचान नै भाषा, कला र संस्कृति रहेको बताउँदैं उहाँले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । भाषा, कला र संस्कृति सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प नरहेको पनि कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उपप्रमुख उप्रेतीले स्पष्ट पार्नुभयो । उहाँले हरेकले आफ्नो पहिचान जोगाउन पनि आफ्नो कला, भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने पनि बताउँनुभयो ।

‘हाम्रो कलाकृति, संस्कृति बाँचेमात्र हाम्रो भाषा, लिपी, हाम्रो बाजागाजा जबसम्म जीवित हुन्छ तबसम्म हाम्रो पहिचान जीवित हुन्छ, पहिचान जीवित बनाउनको लागि सबै पुस्ता लाग्नुपर्छ ।’ उहाँले भन्नुभयो । मेचीनगर नगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार नगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेवाः देय् दबु मेचीनगरको आयोजना एवम् नेवाः समाज समिति काँकरभिट्टाको सह आयोजनामा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा नेवा सामुदायिक भवनमा लाखे तथा एकहप्ते ठाक ठुके ‐घिन्ताङ घिसी) नृत्य प्रशिक्षण शुरु भएको थियो । आयोजक संस्थाका अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन समरोहमा प्रमुख प्रशिक्षक थर्कमान श्रेष्ठ, प्रशिक्षक किरण श्रेष्ठलगायतलाई सम्मान पत्र र सहभागितहरुलाइए सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

एकहप्ते प्रशिक्षणमा मेचीनगरको १५ वटै वडाका ३० जना सहभागी छन् । संकटमा पर्दैँ गएको नेवारी समुदायको कला, संस्कृतिलाई लोप हुनबाट बचाउँन तालिम शुरू गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।” नयाँपुस्ता आफ्नो कला, संस्कृतिबाट बेखवर छ”अध्यक्ष श्रेष्ठले भन्नुभयो–”लाखेनाँच, धिमेबाजालगायत थुप्रै कुरा विर्सदैँ गएकाले यसतर्फ नयाँ पुस्तालाई आकर्षण गर्न पनि तालिम शुरू गरिएको थियो । ”

आयोजक संस्थाका सचिव ललितबहादुर प्रधान र सहआयोजक संस्थाका सचिव उषा श्रेष्ठले संयुक्तरुपमा सञ्चालन गर्नुभएको समापन समारोहमा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले विभिन्न टोली र वडा बनाएर लाखे र ठाक ठुके (घिन्ताङ घिसी) नृत्य प्रदर्शन गरेका थिए । नेवाः समाज समिति काँकरभिट्टाका अध्यक्ष एवम् प्रशिक्षण कार्यक्रमको संयोजक कमल गुभाजुले सहभागी सवैलाई शब्दद्वारा धन्यवाद ज्ञापन र उपाध्यक्ष शोभा श्रेष्ठले शब्दद्वारा स्वागत गर्नुभयो ।

प्रतिक्रियाहरु 1

  1. Lalit Bahadur Pradhan says:

    हामीले खिचेकाे फाेटाेमा हाम्रै फाेटाे हाल्न चाहिँ किन कन्जुस्याइँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.