१५ असोज, मेचीनगर : दशैं बिदाको २ दिन मेचीनगरका सामुदायिक विद्यालयहरु खुल्ने भएका छन् । शिक्षक महासंघ मेचीनगरले आज एक सूचना जारी गर्दै शिक्षक आन्दोलनका कारण पठनपाठनमा भएको क्षति पूर्ति गर्न दशैं बिदाको समयमा असोज २९ र ३० गते विद्यालय संचलन गर्न आग्रह गरिएको छ ।
शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौंडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ “मिति २०८० असोज ३, ४ र ५ गते आह्वान गरिएको देश व्यापी विद्यालय बन्द तथा काठमाडौँ केन्द्रित सडक आन्दोलनबाट पुग्न गएको २ दिनको शैक्षिक क्षतिलाई भर्पाइ गर्ने हाम्रो पूर्व घोषणा र प्रतिवद्धता अनुरुप यही मिति २०८० असोज २९ र ३० गते दिन विद्यालय सञ्चालन गर्ने भन्ने निर्णय भर्खरै सम्पन्न महासंघ र घटक संस्थाहरु बीचको बैंठकले निर्णय गरे बमोजिम त्यसै अनुरुप गर्न अनुरोध गरिन्छ ।”
हेर्नुहोस् शिक्षक महासंघको सूचना :



























