गठ्ठाघर दुर्घटनाका मृतकलाई आफ्नी बहिनी भन्ने व्यक्तिलाई मुद्दा चलाउने तयारी

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा बिहीबार भएको दुर्घटनाको मृतकलाई आफ्नो बहिनी भन्ने व्यक्तिलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

भक्तपुर प्रहरी प्रमुख वेद विष्टले झुटो कुरा गरेकाले उनीमाथि म्याद थपेर अनुसन्धान हुने बताए ।

प्रहरीले दोलखाका शम्भु नेपालीलाई पक्राउ गरेको छ। विष्टका अनुसार शम्भुले आफूलाई खलासी गर्ने बताएका छन् । ‘उसको परिचय खुल्ने कागजात भेटिएको छैन ।

उमेर ३०/३५ वर्ष जति देखिन्छ’, उनले भने । बिहीबार अपराह्न दी व्यक्तिले घटनास्थल पुगेर मृतक आफ्नी बहिनी भएको बताएका थिए।

ती व्यक्तिले भनेकै आधारमा प्रहरीले मृतकको नाम सार्वजनिक गरेको थियो । तर मृतक भनिएकी व्यक्तिले आफू जीवित रहेको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो।

दुर्घटनामा शव क्षतविक्षत भएका कारण सिसिटिभी फुटेज हेरेपछि मात्र मृतक पुरुष भएको पत्ता लागेको थियो । स्कुटीमा बिल बुक पनि पुरुष व्यक्तिकै थियो ।

भक्तपुर प्रहरी प्रमुख विष्टले दुर्घटनामा बाहिर आएजस्तो प्रहरीको कुनै गल्ती नभएको दावी गरे।

‘ट्राफिक चेकिङ क्रस गरेपछि दुर्घटना भएको देखिन्छ। चेकिङ भइरहेको भन्दा करिब ३०र३५ मिटर अगाडि बढेपछि ट्रकले स्कुटरलाई किचेको देखिन्छ’, उनले भने।

प्रहरी विवादमा आएपछि यतिबेला घटना हुँदाको सीसीटीभी फुटेज बाहिरिएको छ । जहाँ कुदिरहेको अवस्थामा ट्रकले स्कुटरलाई किचेको देखिन्छ।

दुर्घटनामा कपन बस्दै आएका ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.