गंगामायाको जीवन रक्षा र न्यायको माग गर्दै मानवअधिकारकर्मीको प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं, माघ २७ । छोराका कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कार्वाहीको माग गर्दै आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारीको जीवन रक्षा र न्यायका लागि आग्रह गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

५१ दिनदेखि वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा तथा न्यायका लागि मानवअधिकारकर्मी, द्वन्द्व पीडितलगायतले प्रदर्शन गरेका हुन् ।

गंगामायाको जीवन रक्षा र न्यायको माग गर्दै मानवअधिकारकर्मीले गरे बालुवाटारमा प्रदर्शन

नक्सालबाट शुरु भएको र्‍याली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिक पुगेर धर्ना दिइएको थियो ।

नेपाल मानवअधिकार संगठनको आह्वानमा गंगामायाको न्यायका लागि नागरिक ऐक्यवद्धता जनाइएको हो ।

गंगामायाको जीवन रक्षा र न्यायको माग गर्दै मानवअधिकारकर्मीले गरे बालुवाटारमा प्रदर्शन

कार्यक्रममा अधिकारकर्मीहरु डा. केदारनरसिंह केसी, महामुनिश्वर आचार्य, राजन कुईंकेल, इन्द्र अर्याल, सावित्री श्रेष्ठ, बद्री भुषाललगायतले मौलाउँदो दण्डहीनताका कारण पीडितले न्याय नपाएको, पीडकहरु सत्ता चलाउने र पीडित सडकमा रहनुपर्ने अवस्था सृजना भएको भन्दै आपत्ति जनाए ।

उनीहरुले गंगामायासहितका पीडितहरुले नेपालमा न्याय नपाए विषयलाई अन्तर्राष्ट्रियकरण गरिने चेतावनी पनि दिए ।

गंगामायाको जीवन रक्षा र न्यायको माग गर्दै मानवअधिकारकर्मीले गरे बालुवाटारमा प्रदर्शन

गत पुस ६ गतेदेखि वीर अस्पतालको ट्रमा सेन्टरमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । सरकारले भने कुनै चासो दिएको छैन ।

साभार इमेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.