कक्षा १० मा अब भर्ना हुन पाइने

A notice in Nepali from Mechinagar Ward No. 10

झापा, ४ फागुन । सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने व्यवस्था गरेको छ ।
शिक्षा नियमावलीको नवौँ संशोधन गरेर कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने प्रावधान हटाएको हो ।

मूल नियमावलीको ८० मा ‘महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने’ व्यवस्था गरिएको हो ।

यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना हुन नपाइने व्यवस्था थियो ।

नोवेल कोरोना भाइरसको महामारीका कारण स्थानान्तरण हुने विद्यार्थीलाई लक्षित गरेर नियमावली संशोधन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

२०७२ को विनाशकारी भूकम्पपछि पनि सरकारले स्थानान्तरणलाई सहज बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.