काठमाडौँ महानगरले खुलामञ्च खाली गर्र्यो

A notice in Nepali from Mechinagar Ward No. 10
काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका भौतिक संरचना हटाउन थालेको छ ।
खुलामञ्च खाली गर्दै काठमाडौँ महानगर

वीर अस्पताल र दरबार हाइस्कुलको भवन पुनर्निर्माण गर्ने क्रममा निर्माण सामग्री राख्ने र त्यहाँ काम गर्ने कामदारलाई अस्थायी रूपमा बस्ने प्रयोजनका लागि त्यहाँ टहराहरू निर्माण गरिएका थिए ।

तर दुवै भवन निर्माण सम्पन्न भए पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएका थिएनन् । काठमाडौँ महानगरले खुलामञ्चभित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।

बुधबार बिहानबाट महानगरले डोजर लगाएर त्यसभित्र बनेका घरटहरा साथै सबै संरचना भत्काउन थालेको छ । यसको संयोजन गरिरहेका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले तीन दिनभित्र खुलामञ्च खाली गरिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.