Sunday, May 9, 2021
- बिज्ञापन -
गृह खेलकुदएनएसएल:स्टेफनको निर्णायक गोलमा काठमाडौँको जीत

एनएसएल:स्टेफनको निर्णायक गोलमा काठमाडौँको जीत

२१ वैशाख, काठमाडौं । काठमाडौँ रेजर्स् एफसीका स्टेफन बिनोङले बुटवल लुम्बिनी एफसी विरुद्ध निर्णायक गोल गरेपछि नेपाल सुपर लिग(एनएसएल)मा काठमाडौँ शीर्ष तेस्रो स्थानमा उक्लेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौँले बुटवललाई १-० गोल अन्तरले पराजित गरेको थियो । खेलको ५ औं मिनेटमा काठमाडौँका खेलाडी स्टेफन बिनोङले गोल गरेका थिए । खेल अवधिभर बुटवल खेलको लयमा फर्कन सकेको थिएन भने पेनाल्टी पाएको अवसरलाई समेत सदुपयोग गर्न सकेन ।
जारी लिगमा ४ खेलबाट काठमाडौँ ७ अंक जोड्दै शीर्ष तेस्रो स्थानमा छ भने बुटवल ४ खेलबाट ५ अंकसहित चौथो स्थानमा रहेको छ । भोलिको खेल धनगढी एफसी र पोखरा थन्डरस् एफसी बीच अपरान्ह ५:३० बजे काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु