न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको विषयमा उठ्यो प्रश्न

A notice in Nepali from Mechinagar Ward No. 10

१४ जेठ, काठमाडौँ । प्रतिनिधिसभा विघटनका मुद्दामा सुनुवाइ गर्नका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको विषयमा प्रतिनिधिसभाका सदस्यहरूको तर्फबाट दायर गरिएका रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।

शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनको सुनुवाइको पालो आएपछि उक्त रिट निवेदनको तर्फबाट बहसमा आएका कानुन व्यवसायीले नेकपालाई विघटन गरी एमाले र माओवादी ब्युँताउने फैसला दिने न्यायाधीश श्रेष्ठको उपस्थितिलाई लिएर प्रश्न उठाएका हुन् ।

अधिवक्ता गोविन्द बन्दीले इजलासमा भने, ‘न्यायाधीश बमकुमार श्रेषष्ठको हकमा प्रश्न उठेको छ । यो मुद्दामा बाहिर सामाजिक सञ्जालमा पनि प्रश्न उठेको छ । बमकुमार श्रेष्ठले नेकपालाई विभाजन गरेकाले प्रश्न उठेको हो । यति महत्त्वपूर्ण मुद्दामा उहाँको उपस्थितलाई लिएर प्रश्न उठेको हो ।’

बन्दीलाई बीचमा रोक्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सबै न्यायाधीश स्वतन्त्र हुन्छन् भन्ने मान्नुपर्ने बताए । ‘सबै न्यायाधीशको स्वतन्त्रताको विषय मान्नुपर्छ । यसरी तपाईंको पक्षबाट भन्नुभयो भने उहाँले अर्को श्रीमानलाई भन्नुहोला । तपाईंहरूले न्यायाधीशलाई विश्वास गर्नुहोला ।’

त्यसपछि महान्यायाधीवक्ता केशव बडालले विपक्षी बनाइएका सभामुख अग्नि सापकोटालाई सल्लाह दिनेहरू उनलाई विपक्षी बनाइएको मुद्दामा बहस गर्न कसरी आएको भनेर प्रश्न उठाएका थिए । ‘यो मुद्दाको विपक्षको सूची हेरियोस् । विपक्षी अग्नि सापकोटालाई सुझाव दिइरहेको हुनुहुन्थ्यो । हिजो सभामुखला ज-जसले कानुनी सल्लाह दिनुभयो उहाँहरूले कसरी सभामखुलाई विपक्षी बनाइएको मुद्दामा बहस गर्नुहुन्छ ?,’ उनको प्रश्न थियो ।

प्रधानन्यायाधीशले यी विषय इजलासमा नउठाउन भन्दै बन्दी र बडाललाई रोकेका थिए । उनले कसलाई कहाँ कारबाही गर्ने त्यो गर्न तर इजलासमा यी विवाद नउठाउन भनेका हुन् ।

त्यसपछि इजलास आइतबारसम्मका लागि स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.